NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विश्वकप सेमिफाइनलमा न्यूजील्याण्ड कि पाकिस्तान ?

काठमाडौैं । भारतमा जारी एकदिवसीय विश्वकप त्रिकेटमा अब समूह चरणका पाँच खेल बाँकी छ । त्यसमध्ये तीन खेल महत्वपूर्ण छन्, जसले तीन टिमको सेमिफाइनल भविष्य तय गर्नेछ ।

भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । अब बाँकी एक स्थानका लागि न्यूजील्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा छ । श्रीलंका, इंल्याण्ड, बंगलादेश र नेदल्याण्डस्को सेमिफाइनल सम्भावना समाप्त भइसकेको छ ।
सेमिफाइनलको प्रतिस्पर्धामा रहेका तीन देशको समान अंक छ । ८ खेल खेलेका चारै देशको समान ८ अंक छ । अंक तालिकमा नेट रनरेटका आधारमा न्यूनील्याण्ड अगाडि छ । पाकिस्तान दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छ ।

सेमिफाइनलको सबैभन्दा बलियो सम्भावना न्यूजील्याण्डको छ । एकातर्फ रनरेट राम्रो छ भने अर्काेतर्फ अन्तिम खेल कमजोर टिम श्रीलंकाविरुद्ध छ । बिहीबार उसले श्रीलंकाविरुद्ध खेल्दैछ । पाकिस्तानको बाँकी खेल बलियो टिम इंल्याण्डविरुद्ध छ । बिहीबारको खेलमा न्यूजील्याण्ड विजयी भएमा सेमिफाइनलमा प्रवेशका लागि पाकिस्तानले ठूलो अन्तरले इंल्याण्डलाई हराउनुपर्ने हुन्छ । पाकिस्तान र इंल्याण्डको खेल शनिबार हुँदैछ ।

त्यस्तै, अफगानिस्तानले बलियो टिम दक्षिण अफ्रिकाको सामना गर्दैछ । उसको नेट रनरेट नेगेटिभ भएकाले उसले पनि ठूलो अन्तरले दक्षिण अफ्रिकालाई हराउनुपर्ने हुन सक्छ । तर, पाकिस्तान र न्यूजील्याण्ड पराजित भएमा भने जित मात्र पनि अफगानिस्तानको लागि पर्याप्त हुनेछ । शुक्रबार अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल छ ।

त्यस्तै, भारत र नेदरल्याण्ड तथा अष्ट्रेलिया र बंगलादेश समूह चरणको अन्तिम खेल खेल्दैछन् ।

सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच प्रतिस्पर्धा तय भइसकेको छ । टेबुलको शीर्ष स्थानमा रहेको भारतले पाकिस्तान, न्यूजील्याण्ड, अफगानिस्तानमध्ये एकसँग सेमिफाइनल खेल्नेछ ।

आगामी बुधबार पहिलो सेमिफाइनल हुनेछ ।