NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

शौर्य सिमेन्टद्वारा ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता’ को आयोजना, कसरी हुने सहभागी ?

काठमाडाैं । शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले ‘शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०’ ल्याएको छ । कम्पनीले यसै वर्षदेखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मधेस प्रदेश लाई लक्षित गरी सो प्रतियोगियता ल्याएको हो ।

कम्पनीका अनुसार यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् ।

प्रतियोगिता तीन विभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगी महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट/ फेसबुक पेजको QR Code Scan गरी फारम भरी बुझाउन सक्नेछन् । यसबाहेक उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी  Whatsapp नं. ९८०२३३५५८५ मार्फत पनि पठाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिका/ न.पा मार्फत  बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८  सम्म रहने कम्पनीले जनाएको छ ।

फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् । दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनीले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भास (Canvas) मा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने जनाइएको छ।

अन्तिम चरणका लागि  ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । उहाँहरुले बनाउनु भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिने छ ।

कम्पनीकाअनुसार यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५ हजार, दोस्रो स्थान प्राप्त गर्नेलाई ५० हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई  २५ हजार का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई पाँच हजार उपलब्ध गराईने छ ।

यस प्रतियोगितामा सहभागि हुनको लागि कम्पनीको आधिकारिक वेभसाईट र फेसबुक पेजमा गइ उल्लेखित QR Code को Scan गरी फारम भर्नुपर्ने हुन्छ । आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक संजालमा प्रकाशन गरिने कम्पनीले जनाएको छ।