जिल्ला अदालतविरुद्ध राहुल महरा पुगे उच्च अदालत
काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँलाई सघाएको आरोपमा पक्राउ परेका राहुल(रेशम) महराले उच्च अदालतमा निवेदन दिएका छन् । आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनी उच्च पुगेका हुन् ।
बिद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गर्ने चिनियाँलाई सघाएको भन्दै उनीविरुद्ध प्रहरीले संगठित अपराध, अपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारी मुद्दा चलाएको थियो । यही प्रकरणमा उनी हाल थुनामा छन् । जेलमा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनी १७ कात्तिकमा उच्चमा निवेदन दिएका हुन् । याे मुद्दामा बिहीबार सुनुवाई हुँदैछ ।
महराले सघाएको पुष्टि भएपनि प्रहरीले लेनदेन लगायत बलिया प्रमाण भने फेला पार्न सकेको छैन ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया