NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

जिल्ला अदालतविरुद्ध राहुल महरा पुगे उच्च अदालत

काठमाडौं । सुन तस्करीमा संलग्न चिनियाँलाई सघाएको आरोपमा पक्राउ परेका राहुल(रेशम) महराले उच्च अदालतमा निवेदन दिएका छन् । आफूलाई थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनी उच्च पुगेका हुन् ।

बिद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गर्ने चिनियाँलाई सघाएको भन्दै उनीविरुद्ध प्रहरीले संगठित अपराध, अपराधिक विश्वासघात तथा भन्सार चोरी पैठारी मुद्दा चलाएको थियो । यही प्रकरणमा उनी हाल थुनामा छन् । जेलमा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उनी १७ कात्तिकमा उच्चमा निवेदन दिएका हुन् । याे मुद्दामा बिहीबार सुनुवाई हुँदैछ ।

महराले सघाएको पुष्टि भएपनि प्रहरीले लेनदेन लगायत बलिया प्रमाण भने फेला पार्न सकेको छैन ।