युट्युबर मनोजलाई ७ दिन थुनामा राखेर अनुसन्धान गरिने
काठमाडौं । सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेका युट्युबर मनोज मानवलाई ७ दिन थुनामा राखेर अनुसन्धान हुने भएको छ ।
प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार महतोलाई जिल्लाले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान गर्न आदेश दिएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा उनलाई आज पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया