उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
लघुवित्तले कार्तिक २१ गतेदेखि एफपीओ निष्काशन गरेको थियो ।
कम्पनीले एक सय अंकित मूल्य दरले एक करोड ७८ लाख ४५ हजार ११८ रूपैयाँ बराबरको एक लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको हो । उक्त एफपीओमा लगानीकर्ताले न्यूनतम १० र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
एफपीओको बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल लिमिटेड रहेको छ ।
ताजा अपडेट
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
-
विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा
-
यसवर्ष करिब ६० हजार जना डेंगुबाट सङ्क्रमित हुने अनुमान
-
टाटाको ७.७ डिल्स लाइक नेभर विफोर कार्यक्रम, भाग्यशाली विजेतालाई आइफोन १६ उपहार
प्रतिक्रिया