वालेटमा रकम भुक्तानी गर्ने सीमा अस्थायी रूपमा बढ्यो, दिनमा कतिपटकसम्म जम्मा गर्न सकिन्छ ?
काठमाडाैं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा बढेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो।
राष्ट्र बैंकले एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने गरी सीमा बढाएको हो। यसभन्दा अघि एक दिनमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो । यो रकम जम्मा गर्ने अवधि भने अस्थायी रूपमा रहेको छ । राष्ट्र बैंकका अनुसार कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्मलाई प्रतिदिन २० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया