NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातको मृत्यु

एजेन्सी ।  पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उद्धार विभागले जनाएको छ ।

जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रेलरले रिक्सालाई ठक्कर दिएर किच्दा एक दम्पती र उनीहरूका छोराछोरीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको विभागले बताएको छ ।

प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल पुर्याएका थिए । घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मर्नेको सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् ।

स्थानीय प्रहरीका अनुसार एउटा विवाहमा सहभागी हुन गएको अवस्थामा दुर्घटना भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष