पाकिस्तानमा ट्रेलरले रिक्सालाई किच्दा सातको मृत्यु
एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको लोधरान जिल्लामा बिहीबार साँझ एउटा ट्रेलरले रिक्सालाई किच्दा कम्तीमा सात जनाको मृत्यु भएको र अन्य तीन जना घाइते भएको उद्धार विभागले जनाएको छ ।
जिल्लाको राष्ट्रिय राजमार्गमा तीव्र गतिमा आएको ट्रेलरले रिक्सालाई ठक्कर दिएर किच्दा एक दम्पती र उनीहरूका छोराछोरीसहित सात जनाको घटनास्थलमै मृत्यु भएको विभागले बताएको छ ।
प्रहरी र उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर शव र घाइतेलाई अस्पताल पुर्याएका थिए । घाइतेहरूको अवस्था चिन्ताजनक रहेकाले मर्नेको सङ्ख्या बढ्नसक्ने चिकित्सकहरूले बताएका छन् ।
स्थानीय प्रहरीका अनुसार एउटा विवाहमा सहभागी हुन गएको अवस्थामा दुर्घटना भएको हो ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया