NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

तिहारको अवसरमा ‘लक्ष्मी सनराइज उत्सव’,सन्देशमूलक उत्कृष्ट भिडियोलाई ५० हजार

काठमाडाैं । नेपालीहरुको महान चाड तिहार एवं छठलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ ।

नेपाली समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाइ अझ व्यापक बनाउन लक्ष्मी सनराइज बैंकले यो क्याम्पेन सार्वजनिक गरेको हो । अझै पनि कतिपय परिवारमा छोरा र छोरीबीच विभेद राख्ने सोचमा परिवर्तन ल्याउन यस अभियानमार्फत टेवा पु¥याउने बैंकको लक्ष्य रहेको छ ।

यस अभियान अन्तर्गत बैंकले छोरीलाई घरकी लक्ष्मी मानेर सम्मान गर्न प्रोत्साहन गर्दै आम नागरिकहरुले कसरी आफ्नो परिवारमा महिला सदस्यलाई लक्ष्मीको रुपमा अपनाएका छन् भन्ने कुरा भिडियो मार्फत उजागर गर्न आग्रह गरेको छ । यसरी भिडियो बनाएर सामाजिक संजालमा राख्ने सहभागीहरुमध्ये उत्कृष्ट तिन (३) भिडियोलाई क्रमशः ५० हजार रूपैया्ँ, ३० हजार रूपैयाँ र १५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ । सहभागीहरुले भिडियो पोस्ट गर्दा बैंकलाई ट्याग गरी ह्यास्ट्याग #laxmisunriseutsab पनि प्रयोग गर्नुपर्ने छ ।

थप जानकारी आगामी दिनहरुमा बैंकले आफ्नो आधिकारिक सामाजिक सञ्जालहरुमार्फत प्रवाह गर्दै जाने जनाएको छ ।