ग्लोबल आईएमई बैंकको वार्षिक साधारण सभा मंसिर २८ गते, यस्ता छन् एजेण्डा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडको १७औँ वार्षिक साधारण सभा हुने भएको छ । वार्षिक साधारणसभा यही मंसिर २८ गते विहिबार हुने भएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ९ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।
साधारणसभामा आर्थिक वर्ष २०७९/०८० को मुनाफासमेतबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश स्वीकृत गरिने प्रस्ताव पारित गरिने छ । त्यस्तै सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ०८० असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफासमेतबाट चुक्तापुँजीको १ प्रतिशत बोनस सेयर वितरण गरिने प्रस्ताव पारित हुने बैंकले जनाएको छ । यसबाहेक वार्षिक साधारणसभाका एजेण्डाहरु निम्न छन्
सामान्य प्रस्ताव
१.लेखापरिक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष ०७९/०८० को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह वितरणलगायत वित्तिय विवरण स्वीकृत गर्ने
२. आर्थिक वर्ष ०८० /०८१ को लागि लेखापरीक्षण कार्यको लागि बाहृय लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने
३.संस्थापक शेयरधनी समूहबाट ३ जना र सर्वसाधारण शेयरधनी ३ जना समेत जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने
विशेष प्रस्ताव
१. सञ्चालक समितिले बैठकमा उपस्थित भएवापत सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा वृद्धि गर्ने ।
२. बैठकको प्रवन्धपत्र तथा नियमवाली संसोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायबाट सुझाव भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने
विविध
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया