फिलिपिन्समा भूकम्पले मृत्यु हुनेको संख्या ८ पुग्यो
एजेन्सी । दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि एकीन हुन बाँकी रहेको छ भने, प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।
भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । विद्यालय भवन, सरकारी भवन, पुल, सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।
कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ । अपतटीय भूकम्पको झड्काले अपरान्ह ४:१४ बजे ७२ किलोमिटरको गहिराईमा डाभाओ ओक्सीडेन्टलको सारंगानी शहरबाट ३४ किलोमिटर उत्तरपश्चिममा ठूलो कम्पन ल्याएको थियो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया