बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि १० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक
काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन गर्न १० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले सात दिनका लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको हो ।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुने छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय सस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
साँवा र ब्याज भुक्तानी मिति मंसिर १३ गते निर्धारण भएको छ । ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया