२०२४ मा श्रीलंकामा राष्ट्रपति र संसदीय निर्वाचन हुने
एजेन्सी । श्रीलङ्कामा सन् २०२४ मा राष्ट्रपति र संसदीय दुवै निर्वाचन हुने भएको छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले श्रीलङ्काको सबैभन्दा लोकप्रिय खेलमध्येको एक क्रिकेटमा देखापरेको सङ्कटसहित धेरै महत्त्वपूर्ण मामिलामा बुधबार संसद्मा गरेको विशेष सम्बोधनमा सो जानकारी दिएका हुन् ।
आफूले निर्वाचन स्थगन गर्ने भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनले जानकारी दिए ।
सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।
वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया