गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ ।
युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक स्थान’ बताएका हुन् ।
युनिसेफका कार्यकारी निर्देशक रसेलका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार ३०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । “यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक छ,” उनले भने ।
इजरायल र हमासले गाजामाजारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार सम्झौता भएको छ ।
इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान गएको र नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो ।
इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया