नेचर इन्डेक्सको विश्वव्यापी विज्ञान सहर वरियतामा बेइजिङ पुनः शीर्ष स्थानमा

एजेन्सी । बेइजिङ पुनः विश्वको शीर्ष विज्ञान सहर बनेको नेचर इन्डेक्स ग्लोबल साइन्स सिटी २०२३ द्वारा बुधबार जारी वरियतामा उल्लेख छ ।
अठासी वटा उच्च गुणस्तर भएका शोध पत्रिकाहरूमा लेखहरूको लेखकत्वका आधारमा नेचर इन्डेक्सले मापन गर्दा बेइजिङ विश्वव्यापी विज्ञान सहरको वरियतामा पहिलो स्थानमा पुगेको यो लगातार सातौँ पटक हो ।
शीर्ष १० सूचीमा बेइजिङपछि न्यूयोर्क महानगरीय क्षेत्र, साङ्घाई, बोस्टन महानगरीय क्षेत्र, सान फ्रान्सिस्को खाडी क्षेत्र, नानजिङ, बाल्टिमोर–वासिङ्टन, गुआङ्जाओ, टोक्यो महानगरीय क्षेत्र र वुहान रहेका छन् ।
बेइजिङबाहेक अन्य नौ चिनियाँ सहर विश्वका शीर्ष २० विज्ञान सहरमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार कृत्रिम बौद्धिकतामा बेइजिङको पेटेन्ट स्टक विश्वमा पहिलो स्थानमा छ । बेइजिङमा प्रति १० हजार मानिससँग औसत दुई सय १८ दशमलव तीन आविष्कार पेटेन्ट छ । यो चीनमा पहिलो स्थानमा छ ।
‘बेइजिङ र अन्य एसियाली सहर विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा तीव्ररूपमा अगाडि बढिरहेका छन्, यिनीहरूलाई यस क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ठूलो आवश्यकता छ’, सिङ्घुवा विश्वविद्यालयका उपाध्यक्ष जेङ रोङले भने ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया