सिमेन्ट निर्यातमा उल्लेखीय सुधार, चार महिनामै १ अर्ब १३ करोडको निर्यात

काठमाडाैं । केही वर्षअघि सिमेन्ट र क्लिंकरमा परनिर्भर नेपालले पछिल्लो समय उत्साहजनक निर्यात गरेको छ । नेपालले छिमेकी मुलुक भारतमा सिमेन्ट निर्यात गर्दै आएको छ ।
भन्सार विभागकाअनुसार चालु आर्थिक वर्ष ०८०/०८१ को पहिलो चार महिना (साउन-कार्तिक) मसान्तसम्ममा १ अर्ब १३ करोड ७ लाख रूपैयाँ बराबरको ८ लाख टन सिमेन्ट र क्लिंकर भारत निर्यात भएको छ । जसमध्ये ५८ करोड ५७ लाख ८७ हजार रूपैयाँको १ लाख ७४ हजार टन क्लिंकर निर्यात भएको छ भने ५४ करोड ४९ लाख बराबरको ६ लाख ३१ हजार टन तयारी सिमेन्ट भारत निर्यात भएको विभागको तथ्यांक छ ।
नेपालले गत वर्ष २०७९ साउनदेखि सिमेन्ट निर्यात थालेको थियो। गत आर्थिक वर्षमा ७७ करोड ९३ लाख रूपैयाँको सिमेन्ट निर्यात गरेको छ ।
विभागका अनुसार गत वर्षको साउनदेखि कार्तिक मसान्तसम्ममा २ करोड १५ लाख रूपैयाँको ६० हजार टन सिमेन्ट निर्यात गरेको छ । जसमध्ये क्लिंकर मात्रै ८० लाख रूपैयाँको एक हजार टन र १ करोड ३५ लाखको ५९ हजार टन तयारी सिमेन्ट निर्यात भएको छ ।
कुन महिना कति निर्यात ?
२०७९/०८०
साउन ४९ लाख
भदौ ४० लाख
असोज १ करोड २६ लाख
कार्तिक १ करोड ३५ लाख
०८०/०८१
साउन २३ करोड ४९ लाख
भदौ १८ करोड ३५ लाख
असोज ४३ करोड ४६ लाख
कार्तिक २७ करोड २७ लाख
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया