कार्तिकमा स्मार्टफोनको आयात खस्कियो, यस्तो छ तथ्यांक

काठमाडाैं । चालु आर्थक वर्ष ०८०/८१ को पहिलो चार महिनामा नेपालमा ११ अर्ब ५३ करोड ३० लाख रूपैयाँ बराबरको ७ लाख पिस स्मार्टफोन नेपाल भित्रिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भन्दा बढी आयात हो । गत वर्षको सोही अवधिमा १० अर्ब १० करोड ९८ लाख रूपैयाँको ७ लाख पिस स्मार्टफोन नेपाल भित्रिएको थियो ।
चालु आवमा ११ अर्ब बराबरको स्मार्टफोन आयात गर्दा सरकारले २ अर्ब १४ करोड ९२ लाख ३१ हजार रूपैयाँ राजश्व संकलन गरेको छ ।
असोज महिनाको तुलनामा कार्तिकमा स्मार्टफोन आयात घटेको छ । कार्तिकमा २ अर्ब ९ करोड ९० लाख रूपैयाँको स्मार्टफोन नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । असोजमा भने ४ अर्ब ६ करोड ६६ लाख रूपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको थियो ।
कुन देशबाट कति स्मार्टफोन आयात ?
नेपालमा ४० भन्दा बढी मूलुकबाट स्मार्टफोन आयात हुने गरेको छ । नेपाली बजारमा सबैभन्दा धेरै चिनिया ब्राण्डका स्मार्टफोन भित्रिने गरेका छन् । चीनपछि धेरै स्मार्टफोन आयात भने भारतबाट हुने गरेको छ ।
चीनबाट कार्तिक मसान्तसम्ममा ७ अर्ब ९६ करोड २ लाख रूपैयाँ बराबरको ५ लाख पिस स्मार्टफोन आयात भएको छ । चीनियाँ ब्राण्डको मोबाइल अरू ब्राण्डका स्मार्टफोनभन्दा सहज र सुलभ तरिकाले उपलब्धता हुने भएकाले नेपाली बजार चीनिया ब्राण्डका स्मार्टफोन बढी देखिएको हो ।
चीनपछि नेपालमा भारतबाट स्मार्टफोन बढी आयात भएको देखिएको छ । कार्तिक मसान्तसम्ममा भारतबाट ३ अर्ब ४२ करोड ८३ लाख रूपैयाँको २ लाख पिस स्मार्टफोन भित्रिएको छ । भेतनामबाट ४ करोड रूपैयाँको स्मार्टफोन आयात भएको देखिन्छ । त्यस्तै अमेरिकाबाट २ करोड ६५ लाख, अस्ट्रेलिया १ करोड २८ लाख, जापानबाट १ करोड ८६ लाख रूपैयाँको स्मार्टफोन आयात भएको छ ।
यसबाहेक क्यानडाबाट ७ लाख, मलेसियाबाट १२ लाख, माल्टाबाट १ लाख, कुवेतबाट १७ लाख रूपैयाँ बराबरको स्मार्टफोन नेपाल भित्रिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया