NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

४७ अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

आज नेप्से परिसूचक ४७ दशमलव ७५ अङ्कले बढेर एक हजार ९ सय सात दशमलव ९५ अङ्कमा कायम भएको हो ।

आज दुई सय ९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर ६६ हजार पाँच सय १६ पटक खरिदबिक्री हुँदा रू २ अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रूपैयनन् बराबरको कारोबार भएको छ ।

आइतबार सबै उपसमूहमा हरियाली देखिएको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको ४.४४ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ १.८७, विकास बैंक २.६३, वित्त ३.९१, होटल तथा पर्यटन १.८०, जलविद्युत ३.०६, लगानी १.९०, उत्पादन ३.१६, माइक्रोफाइनान्स २.०५, म्युचल फण्ड १.४१, नीर्जीवन ३.६७, अन्य १.८५  र व्यापार ३.५८ प्रतिशतले बढेको छ ।

आज छ्याङदी हाइड्रोपावर, भगवती हाइड्रोपावर र विजय लघुवित्तको सेयरका सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै इनफिनीटी लघुवित्तका लगानीकर्ताले २.४७ प्रतिशतका दरले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको ११ करोड ६६ लाख ६७ हजार २६० बराबरको कारोबार भएको छ ।