गाजामा जारी युद्धविराम थप दुई दिन थपियो, छुट्लान् त विपिन ?

दोहा । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच गाजामा सुरु भएको चार दिने युद्धविरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ ।
इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मङ्गलबार सकिँदै थियो ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स (ट्वीटर) मा भनेका छन्, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।”
यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।
हालसम्म हमासले आफ्नो कब्जामा रहेका इजरायली र अन्य देशका नागरिक गरी ५८ जनालाई मुक्त गरेको छ । त्यसको बदलामा इजरायलले पनि प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गरेको छ ।
तर, यी भित्र अझै पनि नेपालका विपिन भने परेका छैनन् । नेपाल सरकारले विपिनको रिहाईका लागि गम्भिरतापूर्वक कोशिस गरिरहेको बताएको छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया