मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्नुभयो ? छुट्ला है आज अन्तिम दिन
काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले मंसिर ८ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी चुक्तापुँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रूपैयाँ बराबरको प्रतिसेयर सेयर निष्काशन गरेको हो । उक्त सेयरमध्येको ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कर्मचारी, ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषको लागि र १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकको लागि छुट्याएको कम्पनीले जनाएको छ ।
बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया