NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

आजदेखि मुक्तिनाथ कृषि कम्पनीको आईपीओ निष्काशन

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले आज (मंसिर ८) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ ।

कम्पनीले जारी चुक्तापुँजी ७० करोड रुपैयाँको २० प्रतिशत अर्थात १४ करोड रूपैयाँ बराबरको प्रतिसेयर सेयर निष्काशन गरेको हो । उक्त सेयरमध्येको ३ प्रतिशतले हुन आउने ४२  हजार कित्ता सेयर कर्मचारी, ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सामूहिक लगानी कोषको लागि र १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकको लागि छुट्याएको कम्पनीले जनाएको छ ।

मंसिर ८ गतेदेखि आईपीओ जारी गर्दै मुक्तिनाथ कृषि कम्पनी

बाँकी ११ लाख ४८ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मंसिर १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको बिक्री प्रवन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।