NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

यी १० गल्तीहरू जसले अनुहारमा देखाउँछ चाउरीपन

काठमाडौं । विशेष गरेर तीस वर्ष कटेपछि धेरैको अनुहारको छालामा चाउरी देखिने, छाला खुकुलो भएको अनुभव हुने जस्ता समस्या देखिन्छ भने यो समस्या कतिपयलाई २५ वर्षमै पनि देखिने गर्छ ।

आखिर यस्तो किन हुन्छ त ? आज हामी समय अगावै बुढोपन देखिन मद्दत पुग्ने हाम्रो दश गल्तीको बारेमा उल्लेख गर्दैछौँ ।

छाला किन लुज हुँदै जान्छ वा चाउरी देखिन्छ ?
इलास्टिन र कोलाजेन भन्ने तत्वहरु जसको कारण हाम्रो छाला टाइट भएर बसेको हुन्छ, यो तत्वहरु उमेर बढेसँगै ड्यामेज हुँदै जान्छन् अथवा कम हुँदै जान्छन् । त्यस्तै गरेर छाला तलको फ्रेमवर्क जसमा फ्याट, मसल र बोन्सहरु पर्दछन् । यी कुराहरु पनि कमजोर हुँदै जान्छन् वा घट्दै जान्छन् । यसले गर्दा हाम्रो छाला लुज पनि हुन्छ र रिंकल्स, फाइन लाइन्सहरु पनि देखिँदै जान्छ ।

उमेर अनुसार हुने प्रक्रियालाई हामीले धेरै केही गर्न नसकेपनि कतिपय कुराहरुमा ध्यान दियौँ भने यस्तो एजिङको प्रोसेसलाई हामीले कम गर्न भने सक्छौँ ।

के हुन् त हामीले ध्यान दिनुपर्ने कुरा ?
धेरै गुलियो वा प्रोसेस्ड कार्बोहाइड्रेट्स भएको खाने कुराहरु खानेबानी ।
यस्तो खानेकुराहरुमा कोक, फेन्टा जस्ता कोल्ड्रिन्क्सहरु, प्रोसेस्ड जुसहरु, पाउरोटी र बेकरी आइटम्सहरु र प्याकेटमा भएका चिप्स र फास्टफुडहरु पर्दछन् । यी खानेकुरामा पाइने सुगर कोलाजोनमा एट्याच भएर एडभान्स ग्लाइकेसन एण्ड प्रोडक्ट्स बनाउँदछ र जसले कोलाजेनलाई ड्यामेज गर्दछ । कोलाजेन ड्यामेज भयो भने छालामा रिंकल पर्ने, टाला लुज हुने गर्दछ ।

त्यस्तै अर्को गल्ती भनेको छालालाई सुख्खा छोड्ने बानी ।
यदि छाला सुख्खा अथवा ड्राई भयो भने रिंकल्सहरु बढी देखिने गर्दछ । यदि छाला सुख्खा अथवा ड्राई भयो भने रिंकल्सहरु बढी देखिने गर्दछ । यस्तो रिंकल्स र फाइन लाइन्सहरु विशेष गरेर आँखाको वरिपरी अथवा आँखाको तल देखिने गर्दछ । त्यसैले छालालाई जहिले पनि नरम बनाइराख्नु पर्दछ ।

तेस्रो गल्ती भनेको ‘टेक नेक’ हो ।
हामीले आजकल लामो समयसम्म टाउको निहुराएर मोबाइल हेर्ने, ल्यापटप चलाउने गर्दछौँ । यसले गर्दा लामो समयसम्म टाउको एउटै पोजिसनमा हुने हुँदा घाँटीमा रिंकल्सहरु देखिने गर्दछ । यस्तो बानीले घाँटी दुख्ने समस्या पनि देखिने गर्दछ ।

त्यस्तै अर्को गल्ती भनेको छोटो समयमा धेरै तौल घटाउनु ।
थोरै समयमा धेरै तौल घटायौँ भने हाम्रो बोसोको तह झ्याप्पै कम हुन जान्छ । जसले गर्दा छालाले एडजस्ट गर्ने समय पाउँदैन र छालामा रिंकल्स देखिन्छ । स्वस्थ रुपमा तौल घटाउनु उत्तम हुन्छ ।

पाचौँ गल्ती भनेको राति सुत्नु अघि छालालाई राम्रोसँग सफा नगरी सुत्नु ।
अनुहार र घाँटीको छाला दिनभर प्रदषणमा, धुवाँधुलो र घामको किरणमा एक्सपोज भएको हुन्छ । कतिपयले मेकअपहरु पनि लगाउने गर्छन् । यस्तो पोलुसनले गर्दा छालामा फ्रि राडिकल्सहरु बन्न गई अक्सिडेटिभ स्ट्रेस गराउँछ । जसको कारण इन्फ्लामेटरी प्रोसेसले गर्दा हाम्रो कोलाजेन र इलास्टिन ड्यामेज हुँदछ र रिंकल्स उमेर अगावै देखिने गर्दछ ।

छाला बुढो देखाउने अर्को गल्ती भनेको सनस्क्रिन नियमित रुपमा नलगाउने अथावा घाममा बढी निस्किने गल्ती ।
घामको किरणमा हुने युभी रेजहरु जसमा पनि प्रमुख गरेर युभी ए रे हाम्रो छालाको तल्लो तहसम्म पुग्दछ । किनभने यसको वेभलेन्थ पनि लामो हुने गर्दछ र यो युभी ए रेजले हाम्रो कोलाजेनलाई ड्यामेज गर्न सक्दछ ।

त्यस्तै अर्को गल्ती भनेको पर्याप्त मात्रामा निन्द्रा नपुर्याउनु ।
यदि हाम्रो निन्द्रा राम्रो छैन भने र तनाव बढी छ भने यस्तो अवस्थामा शरीरले स्ट्रेस हर्मोन्सहरु रिलिज गर्दछ । यस्तो हर्मोन्सको कारणले स्किनमा इन्फ्लामेटरी प्रोसेसर्ला इन्ड्युस गर्न सक्दछ । जसले गर्दा कोल्याजन ड्यामेज हुने रिंगकल र फाइनलाइन्सहरु पनि देखिन सक्दछ ।

उमेर अगावै बुढो देखाउने अर्को गल्ती भनेको ३० वर्ष कटिसकेपछि पनि रेटिनोइड्स वा रेटिनोलको प्रयोग नगर्ने ।

एन्टीएजिङको लागि सबैभन्दा राम्रो इन्ग्रेडिएन्टमा रेटिनोइड्सहरुलाई मानिन्छ । तर, कतिपयले थाहा नभएर वा प्रयोग गर्न नजानेर साइड इफेक्ट भएको कारणले रेटिनोइड्स प्रयोग गर्न हुँदैन । यसको प्रयोग गर्दा छालाको डाक्टरसँग सल्लाह गरेर सुरु गरेको राम्रो हुन्छ ।

अर्को गल्ती भनेको फेसवासको धेरै प्रयोग ।
हामीले फेसवास धेरै प्रयोग गर्यौँ भने छाला बढी सुखा हुन जाँदछ र छाला सुख्खा भयो भने चाउरीपन बढ्दछ ।

अर्को अन्तिम गल्ती भनेको चुरोट वा रक्सी धेरै खाने बानी ।

(हामीले यो सामाग्री छाला तथा कपाल रोग विशेषज्ञ डाक्टर प्रकाश आचार्यको युट्युब च्यानलमार्फत तयार पारेका हौँ ।)