NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ को प्रतिवेदन अर्थमन्त्रीसमक्ष पेस

काठमाडौं । बृहत राष्ट्रिय बीमा संवाद कार्यक्रम ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्स’ को प्रतिवेदन अर्थमन्त्री प्रकाशशरण महत समक्ष पेस गरिएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त प्रतिवेदन पेस गरिएको हो ।

कार्यक्रममा बैंकिङ समाचारका अध्यक्ष राजु ढुंगेलसहितको प्रतिनिधि, लाइफ इस्योरेन्स असोसिएसनका उपाध्यक्ष एवंम नेपाल लाइफ इस्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नीर्जीवन बीमा एसोसिएसनका उपाध्यक्ष सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बहादुर बैदवारको सहभागिता रहेको थियो ।

कार्यक्रममा अर्थमन्त्रीले बैंकिङ समाचारले बीमा क्षेत्रको यस्तो वृहत कार्यक्रम नेपालमै पहिलोपटक आयोजना भएको हुँदा आयोजक टिमलाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘बीमा क्षेत्रमा अझैपनि दाबी भुक्तानीमा समस्या हुँदा आम मानिसहरुले समस्या खेप्नुपरेको छ । यस्ता खाले सम्बोधन गर्न अर्थ मन्त्रालय गम्भीर छ । सोही अनुरुप नियामकिय निकाय बीमा प्राधिकरणलाई पनि निर्देशन गरिएको छ । साथ साथै बीमा क्षेत्रको प्रभावकारीतालाई अझै उल्लेखीय बनाउन आम जनमानसमा बीमा सचेतनाको पनि आवश्यकता पर्दछ । यस्ता कार्यक्रमले बीमा सचेतनामा विश्वास पुग्ने विश्वास हामीले गरेका छौँ ।’ यस्तै प्रतिवेदन प्रस्तुत गर्दै बैंकिङ्ग समाचारका अध्यक्ष राजु ढुंगेलले डिजिटल रुपमै भएपनि कार्यक्रममा अर्थमन्त्रीको सिधा संलग्नताले गर्दा कार्यक्रम अझै प्रभावकारी भएको बताए । उनले अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गरे ।

बैंकिङ्ग समाचार डटकम र बीमा प्राधिकरणको सहकार्यमा गत भदौ १८ गते काठमाडौंस्थित सोल्टी होटलमा कार्यक्रमको उक्त विशेष सत्रमा बीमा क्षेत्रको वर्तमान अवस्था, बीमा व्यवसायप्रति अर्थ मन्त्रालयको उत्सुक्ता, जनमासमा बीमा प्रतिको बुझाई, अर्थतन्त्रमा बीमा क्षेत्रको महत्वपूर्ण पाटो, स्थिती र चुनौती लगायतका विषयहरूमा बृहत परिसंवाद गरिएको थियो ।

यस्तै कार्यक्रमको विशेष सत्र डुओलगमा अर्थमन्त्रीसँग बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन बिमर्स गरिएको थियो । प्रस्तुत रिर्पोटमा कार्यक्रममा गरिएको मुख्य सत्रहरुबाट उत्पन्न भएका मुख्य विषयहरुलाई लिखित रुपमा समेटिएको छ ।