आम जनता पार्टीले तोक्यो सातै प्रदेशका इञ्चार्ज, कुन प्रदेशमा को ?
काठमाडौं । आम जनता पार्टीले सातै प्रदेशमा इञ्चार्जको जिम्मेवारी तोकेको छ ।
पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको दुई दिने स्थायी कमिटीको पूर्ण बैठकले लिम्बुवान–किरातमा रामप्रित राम, मधेसमा सुधीर यादव र ताम्सालिङ–नेवामा अरुण घिरिङलाई इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले लुम्बिनीमा समिना हुसेन, कर्णालीमा तिलक थापा मगर र सुदुरश्चिममा ज्ञानेन्द्रकुमार तामाङलाई इञ्चार्ज तोकेको छ । प्रवासका देशमा सम्पर्क र सङ्गठन स्थापनाका लागि विभिन्न सात व्यक्तिलाई इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ ।
बैठकले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले बद्रीप्रसाद न्यौपानेलाइ निर्दोष सावित नहुँदासम्मका लागि पार्टीकोे सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । बैठकले जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिबाट मत फिर्ता र विदेशी नागरिकता लिएकाको सम्पति कब्जा गरी राज्यलाई बुझाउनेलगायत अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भन्सार, वैदेशिक रोजगार पीडित, बैंकिङ तथा कर्जा, आवास मदर्साको शिक्षा र यातायात भाडा सहुलियतलगायत जनसरोकारका विषयमा जनसङ्गठनलाई सङ्घर्ष अघि बढाउन पार्टीले जिम्मेवारी तोक्ने निर्णय पनि गरेको छ ।
बैठकले देशमा जटिल परिस्थिति एवं सङ्कटको निकासबारे गम्भीर समीक्षा गर्दै आगामी पुस १४ गते पार्टी स्थापना दिवस मनाउने निर्णय पनि गरेको छ । उक्त पार्टीको सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व छ ।
ताजा अपडेट
-
प्रहरी आफैं तस्करीमा लागेपछि..
-
कीर्तिपुरमा भएको मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
-
डिजिटल लाइसेन्स प्रणाली सुरु, अब स्मार्ट फोनबाट ट्राफिक प्रहरीले गर्नेछन् चेकजाँच
-
आपराधिक समूहसँग मिलेर ३० लाख असुल्ने इन्सपेक्टर निलम्बित
-
मन्त्री भण्डारीले लिए खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी
प्रतिक्रिया