पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।
प्रेट्रोलमा २ रुपैयाँ र डिजेल तथा मट्टितेल समान ४–४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो । मूल्य घटेसँगै काठमाडौंमा पेट्राल १ सय ७० रुपैयाँ र डिजेल तथा मट्टितेल १ सय ६० रुपैयाँ प्रतिलिटर कायम भएको छ । ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।
प्रतिक्रिया