खोसियो निगमको ग्राउन्ड ह्यान्डलिङ

काठमाडौं । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएको छ।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त सेवा अब प्रतिस्पर्धाको आधारबाट छनौट भएको संस्थाले पाउने निर्णय गर्दै निगमको एकाधिकार खोसेको हो ।
हालसम्म विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवामा निगमकै एकाधिकार रहँदै आएको थियो । र, यो सेवा नै निगमको मुख्य आय स्रोत थियो ।
गत बिहीबार मात्रै युरोपियन युनियनले नेपाललाई कालो सूचीमा कायमै राखेको जानकारी गराएसँगै निगमको कमजोर व्यवस्थापनमाथि पनि प्रश्न गरेको थियो ।
प्राधिकरणको यो निर्णयसँगै अब ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्नका लागि खुल्ला प्रतिस्पर्धा हुनेछ ।
ताजा अपडेट
-
सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित
-
रसुवागढी बाढीमा बेपत्ताहरूको खोज, उद्धारलाई प्रभावकारी बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
-
प्रधानमन्त्री ओलीद्वारा रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन
-
रसुवा बाढी अपडेटः २० जना बेपत्ता, ६४ वटा गाडी बगे
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
प्रतिक्रिया