काठमाडौं महानगरपालिकाले माग्यो २३० कर्मचारी, कति पाउँछन् तलब ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवाका लािग २३० जना कर्मचारी माग गरेको छ ।
महानगरपालिका आज सूचना जारी गर्दै गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।
सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा उल्लेख छ । इच्छुक र योग्य व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ तलब दिइने महानगरपालिकाले जनाएको छ।
छनोट गर्दा काठमाडौं महानगरपालिकाका बासिन्दालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया