काठमाडौं महानगरपालिकाले माग्यो २३० कर्मचारी, कति पाउँछन् तलब ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवाका लािग २३० जना कर्मचारी माग गरेको छ ।
महानगरपालिका आज सूचना जारी गर्दै गरिब घर परिवार पहिचानका लागि तथ्यांक संकलन गर्न २१ जना सुपरिवेक्षक र २०९ जना गणकका लागि आवेदन आह्वान गरेको हो ।
सुपरिवेक्षक र गणक दुवै पदका कर्मचारीले बढीमा ५ महिना करार सेवामा काम गर्नुपर्ने सूचनामा उल्लेख छ । इच्छुक र योग्य व्यक्तिले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।
सुपरिवेक्षकलाई मासिक ३४ हजार ७३० रुपैयाँ र गणकलाई ३२ हजार ९०२ रुपैयाँ तलब दिइने महानगरपालिकाले जनाएको छ।
छनोट गर्दा काठमाडौं महानगरपालिकाका बासिन्दालाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया