श्रीलंकामा दैनिक ९३८ मेट्रिक टन प्लास्टिकजन्य फोहोर उत्पादन

एजेन्सी । श्रीलंकामा दैनिक ९३८ मेट्रिक टन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्रै पुन : प्रयोगमा ल्याउँन मिल्ने खालको हुने गरेको पाइएको संसदको सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ।
वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकास सम्बन्धी क्षेत्रीय अनुगमन समितिले ती उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै फोहोर संकलन भएको खुलासा गरेको छ
समितिले उद्योगीहरूलाई विनानिगरानी सहज रूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ । श्रीलंकाले वार्षिक ४ लाख मेट्रिक टन प्लास्टिक कच्चा पदार्थ र २० हजार मेट्रिक टन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको पनि सञ्चार विभागले जनाएको छ । सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक संकलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशन समेत दिएको छ ।
श्रीलंकामा पिँल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ । समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयाेगमा ल्याउन नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ।
ताजा अपडेट
-
‘बजेटमा साधारण खर्च घटाइ विकास खर्च बढाउनुपर्छ’
-
पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाइने
-
कर्णाली स्वास्थ्य विज्ञान र सुष्मा कोइरालाबीच जलन उपचारसम्बन्धी सम्झदारी
-
मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन
-
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने
प्रतिक्रिया