आज कस्तो छ सेयर बजार ?
काठमाडौं । सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ ।
आइतबार सात दशमलव २९ अंकले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अंकले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ ।
आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता सेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७ हजार आठ सय ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक समूह शून्य दशमलव ०२, वित्त समूह शून्य दशमलव ५५, जीवन बीमा समूह शून्य दशमलव ९७, म्युचुअल फन्ड शून्य दशमलव १५ र निर्जीवन बीमा समूह शून्य दशमलव ३५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै बैंकिङ र अन्य समूहको उपसूचक समान शून्य दशमलव ६२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा पर्यटन शून्य दशमलव १८, जलविद्युत् शून्य दशमलव १२, लगानी शून्य दशमलव ४८, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३५, लघुवित्त शून्य दशमलव ०३ र व्यापार समूह शून्य दशमलव ४५ अङ्कले घटेको छ ।
समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ०६ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरे घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मुल्यमा समान नौ दशमलव ९९ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू सात करोड ४६ लाख ३१ हजार सात सय २३ बराबरको दुई लाख ४८ हजार एक सय ९३ कित्ता सेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया