एकैदिन २४०० रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २४ सय रूपैयाँले घटेर एक लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ४५ रूपैयाँ घटेर एक हजार १५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया