एकैदिन २४०० रूपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्य मंगलबार भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २४ सय रूपैयाँले घटेर एक लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य ४५ रूपैयाँ घटेर एक हजार १५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया