पक्राउ पुर्जीविरूद्ध विप्लवले गरे तीन दिने संघर्षका कार्यक्रम घोषणा
काठमाडौं । जिल्ला अदालत काठमाडौंले जारी गरेको ३५ दिने पक्राउ पुर्जीविरूद्ध नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संघर्षका कार्यक्रम घोषणा गरेका छन्।
आज नेकपाले विज्ञप्ति जारी गर्दै अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङ्घन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको उल्लेख गरेको छ ।
पक्राउ पुर्जीविरूद्ध नेकपाले मंगलबारदेखि तीन दिने संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ। जस अन्तर्गत आज मंगलबार साँझ मसाल जुलुस निकाल्ने र बुधबार दिउँसो तीन बजे न्यायाधीशको पुत्ला दहन गर्ने जनाएको छ । त्यस्तै, मंसिर २१ गते देशब्यापी जनप्रदर्शन गर्ने पनि नेकपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर सोमबार पक्राउ पुर्जी जारी गरिएको विप्लवको ठहर छ।
जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा ३५ दिनभित्र अदालतमा उपस्थित हुनु भनेको छ ।
अदालतमा राज्यविरुद्धको कसुरमा चार वर्षअघि दायर गरिएको मुद्दामा विप्लवसहित उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारीका अध्यक्ष राजु कार्की, माइला लामाविरुद्ध उक्त पक्राउ पुर्जी जारी गर्दै अदालतमा उपस्थित हुन भनेको हो ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया