NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

स्टिल्केसको शोरूम काठमाडाैंमा

काठमाडाैं । कार्यक्षेत्रको दुनियाँमा डिजाइन र विचारको नेतृत्व गरिरहेको स्टिल्केस अब कार्यस्थानलाई प्रभावकारी बनाउन विभिन्न समाधान र सेवाहरुसहित नेपालमा पनि सुरू भएको छ ।

सोमबार एक कार्यक्रमका बीच स्टिल्केसले आफ्नो प्रमुख डिलर शोरूम काठमाण्डौंको माइतीघरमा खोलेको छ । कम्पनीले  एसिया तथा सार्क क्षेत्रमा आफ्नो कम्पनी विस्तार गर्ने क्रममा फ्यूजनसँगको साझेदारीमा स्टिल्केसका विभिन्न फर्निसिंग र ब्रान्डहरु शोरूमा प्रर्दशन गरेको थियो ।

‘हामी नेपालमा आएर खुसी र गर्वित छौँ । हाम्रो डिलर साझेदारहरू विश्वभरी स्थानीय विशेषज्ञहरूको समुदाय हुन् र हामी फ्युजनसँग साझेदारको रूपमा यहाँ छौँ। हाम्रो संयुक्त प्रयासबाट कार्यस्थललाई अझ प्रभावकारी बनाउन चाहन्छौं।’  भारत र सार्कका प्रबन्ध निर्देशक तीर्थाङ्कर बासुले बताए ।

नयाँ तीन-तले शोरूममा स्टिलकेसको अफिस कुर्सी र फर्निचरको नवीन र व्यापक कलेक्सनको प्रदर्शन गरिएको छ। प्रसिद्ध कुर्सीहरू थिङ्क, जेस्चर, र पर्सनालिटी प्लसहित वर्कस्टेसनहरू माइतीघर मण्डलास्थित शोरूममा प्रदर्शन गरिएको छ । प्रदर्शनमा केही सहायक सङ्कलनहरुको चयन गरिएको छ, जुन कम्पनीकै उत्कृष्ट ब्रान्डहरु छन्  र यसमा विश्व प्रसिद्ध डिजाइनरहरुको हात रहेको छ।

‘हामी नेपालले स्टिलकेसका लागि प्रस्तुत गरेको अवसरप्रति उत्साहित छौँ । यो विस्तार हाम्रो अत्याधुनिक समाधान र सेवाप्रतिको प्रतिबद्धता अनुरुप छ।’ भारत र सार्कका बिक्री निर्देशक राम मोहनले बताए  ।

‘नेपालमा काम र कार्यक्षेत्रको भविष्य थप राम्रो बनाउन हामीले  एक विश्वशक्तिसँग साझेदारी गरेकोमा खुसी महसुस गरेका छौँ ।’ फ्युजनका संस्थापक हितेश गोल्छाले भने, ‘हाम्रो स्टिलकेससँगको  साझेदारीले नेपाली कार्यालयहरूको सुगम समाधानहरू र असीम सम्भावनाहरूमा अझ योगदान पुर्‍याउनेछ। स्टिलकेस एकमात्र व्यवसाय हो जसले ८ बर्षदेखि जीवनभरका लागि  वारेन्टी  प्रदान गर्दछ। हामी हाम्रो नयाँ शोरुममा वर्तमान र नयाँ ग्राहकहरूको स्वागतसँगै  र उहाँहरुको आवश्यकता अनुसार उत्कृष्ट समाधान प्रदान गर्नमा सहयोग गर्न उत्साहित छौँ।’

स्टिलकेस

सन् १९१२मा स्थापित स्टिलकेस कम्पनीले विश्वमा कार्यस्थलको डिजाइन र विचारमा अग्रणी रहेको छ । ३५ भन्दा बढी रचनात्मक र प्राविधिक साझेदारहरुसँगको सहकार्यमा कम्पनीले कार्यालयको लागि उत्कृष्ट फर्निसिंगको डिजाइन तथा उत्पादन गर्दै आएको छ ।

फ्युजन

२३ वर्षको अनुभवसहित कार्यस्थललाई विश्वस्तरीय उत्कृष्ट व्यावसायिक र सौन्दर्यपूर्ण फर्निचरहरू प्रदान गर्दै आएको फ्युजनले कम्पनी र व्यवसायलाई विकसित गर्न उपयुक्त स्थानहरुको डिजाइन गर्दछ । कम्पनीले  विभिन्न  स्थानहरूमा सेवा प्रदान गर्दै आएको छ ।

फर्निचर २००० प्रालिका  निर्देशक हितेश गोल्छा, प्रवन्ध निर्देशक आशिष पन्त र हिमांशु गोल्छाले कम्पनीको दिगोपन र ग्राहकहरूलाई उत्कृष्ट योग्य उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई स्वीकार गर्दै टोलीका सदस्यहरूलाई उनीहरूको समर्पण र कडा परिश्रमको लागि धन्यवाद दिए ।

त्यस्तै मार्केटिङ प्रमुख उद्धव गुप्ताले  सम्पुर्ण जानकारी गराए ।