NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

आत्मदाह गर्न बाध्य बनाईको भनी बैंकबिरुद्ध गलत प्रचारबाजी भयो : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जालाई लिएर एक ऋणीले गलत प्रचार गरेर धम्की दिएपछि त्यसको जवाफ दिएको छ । इन्भेष्टमेन्ट बैंकका  अनुसार झापाको भीरपाखा रिसोर्ट एण्ड फनपार्क र श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिका राजेश बास्कोटाले कर्जाको विषयलाई लिएर बैंकविरूद्ध गलत प्रचारबाजी गरेको हो ।

कर्मचारीलाई मानसिक यातना दिने, अपहरणको शैलीमा उठाएर लाने, गाली गलौज गर्ने, ज्यान मार्ने धम्की दिनेलगायत गतिविधि बास्कोटाले गरिरहेको भन्दै उनले आरोप लगाएजस्तो कर्जा नरोकेको बैंकले प्रेस विज्ञप्‍तिमार्फत प्रष्ट पारेको छ।

यस्तो छ बैंकले दिएको स्पष्टीकरण :

हालैका दिनहरुमा विभिन्न सामाजिक संजालहरुको प्रयोग गरि यस बैंकबाट कर्जा उपभोग गरिरहेका ऋणी श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि तथा श्री बास्कोटा कृषी तथा पशुपालन प्रालिको तर्फबाट श्री राजेश बास्कोटाले बैंकले स्वीकृत गरेअनुसारको कर्जा चार महिनासम्म प्रवाह नगरेको, किस्ता रकम असुल्नको लागि मात्र कर्जा प्रवाह गरेको, राज्यले दिदै आएको अनुदान रकमबाट बन्चित गरिएको, बैंकले ब्यवसायनै बन्द गराएको आदि जस्ता आरोप लगाई आफूलाई आत्मदाह गर्न बाध्य बनाईको भनी बैंकबिरुद्व प्रचारबाजी गर्दै, बैंकको कर्मचारीहरुलाई मानसिक यातना दिने, बैंकको कर्मचारीको घरमानै गई अपहरणको शैलीमा उठाएर लग्ने, ज्यान मार्ने तथा घरमा प्रेसर कुकर बम पड्काईदिने जस्ता धम्की दिने, गाली गलौज तथा अपशब्द बोल्दै मानहानी गर्ने, शाखा कार्यालयमा गई नारा जुलुस तथा हुलहुज्जत गरि देशको अत्यावश्यकिय सेवाअन्तर्गत राखेको बैंकिङ सेवा प्रवाहमानै अवरोध पु-याउने जस्ता कार्य गरेको सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको ब्यहोरा जानकारी गराउन चाहन्छौ । साथै घटनाको बास्तविकता यस प्रकार रहेको जानकारी सम्पूर्णमा गराउन चाहन्छौ ।

श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रालि तथा श्री बास्कोटा कृषि तथा पशुपालन प्रालिको नाममा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (तत्कालिन मेगा बैंक नेपाल लिमिटेड) बाट बिभिन्न शीर्षकमा कर्जा सुविधा स्वीकृत भएको थियो । जसमध्ये श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको छ भने श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. को नाममा स्वीकृत बिभिन्न शीर्षकको परियोजना कर्जा ऋणीको परियोजना निर्माण कार्यमा भएको प्रगतिको आधारमा प्रवाह हुने शर्त बमोजिम ऋणीलाई आंशिक कर्जा सुविधा प्रवाह भईसकेको छ भने बाकी कर्जा रकम ऋणीको परियोजनाको प्रगति नभएको हुदाँ कर्जा स्वीकृत गर्दाको शर्तहरु मुतावित प्रवाह नभएको हो ।

ऋणीले आरोप लगाएअनुसार ऋणीलाई कर्जा स्वीकृत गरि चार महिनासम्म कर्जा प्रवाह नभएको भन्ने सम्बन्धमा ऋणीले बैंक समक्ष पेश गर्नुपर्ने सम्पूर्ण लिखत तथा कागजातहरु बैंकमा पेश गर्नासाथ ऋणीको नाममा स्वीकृत भएको कर्जा सुविधा प्रवाह गर्न शुरु भएको अवस्था हो जसको प्रमाण बैंकसमक्ष सुरक्षित छँदै नै छ । स्वीकृत गरे अनुसार कर्जा प्रवाहको सम्बन्धमा ऋणीको २ वटा कम्पनीमध्ये श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत सम्पूर्ण कर्जा सुविधा प्रवाह भईसकेको र फनपार्क प्रा.लि.को हकमा स्वीकृत भएको दिएको ऋण स्वीकृति पत्रमा स्पष्ट रुपमा उल्लेखित भए अनुसार ऋणीलाई आंशिक रुपमा कर्जा प्रवाह भईसकेको र बाँकी कर्जा परियोजनाको प्रगति नभए पश्चात प्रवाह हुन नसकेको हो ।

श्री बास्कोटा कृषी तथा पशुपालन प्रा.लि. को नाममा सहुलियतपूर्ण कर्जाका लागि नेपाल राष्ट्र बैकको व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम कर्जा स्वीकृत भएको तथा सोही कार्यबिधिमा उल्लेखित ब्यवस्थामा ऋणीले बैंकलाई ब्याज अनुदान रकम बाहेकको किस्ता तथा ब्याज रकम चुक्ता भुक्तान गरेको अवस्थामा मात्र ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य हुने भन्ने ब्यवस्था रहेको छ । ब्याज अनुदान सुविधा बैंकको स्वविवेकले नभई नेपाल सरकारले नेपाल राष्ट्र बैंक मार्फत बैंक तथा वित्तीय संस्थालाई जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिबाट निर्देशित हुने हुदाँ सोहि बमोजिम ऋणीले उल्लेखित कार्यबिधि बमोजिम ब्याज अनुदान रकम बाहेकको रकम चुक्ता भुक्तान नगरे पश्चात ऋणी ब्याज अनुदान सुविधाको लागि योग्य नभएको अवस्था हो ।

ऋणीले प्रचारबाजी गरे अनुरुप बैंकले स्वीकृत गरे अनुसारको कर्जा प्रवाह नहुदाँ ब्यवसाय बन्द भएको भन्ने आरोपको सम्बन्धमा श्री बास्कोटा कृषि तथा पशुपालन प्रा.लि. को नाममा स्वीकृत भए अनुरुप सम्पूर्ण कर्जा सुविधाको सीमा प्रवाह भई सकेको छ । बैंकको प्रतिनिधिले ब्यवसायको निरीक्षण गर्दा ब्यवसाय अस्तित्वमा नै नरहेको अवस्था पाइएको छ भने ऋणी खराव कर्जा अन्तर्गत समेत बर्गिकरण भईसकेको छ । त्यति हुदाँ हुदै ब्यवसाय संचालनमा नरहेको तथा निर्माण भएका संरचनाहरु समेत जिर्ण हुन लागिसकेको श्री भिरपाखा रिसोर्ट एण्ड फनपार्क प्रा.लि. लाई पुनरुत्थान गर्ने उद्धेश्य स्वरुप यथाशिघ्र ब्यवसाय संचालन गर्ने शर्तमा बैंकले हालसालै पेश्की सहित केहि कर्जा सुविधा चरणवद्ध रुपमा प्रवाह हुने गरि ऋण स्वीकृति पत्र जारी गर्दा समेत ऋणीले आवश्यक कानुनी कागजातहरु पुरा नगरी अनावश्यक रुपमा सामाजिक संजालमा बैंक बिरुद्ध प्रचारबाजी गर्दै बैंकको कर्मचारीलाई निजी निवासबाटै अपहरण गर्ने जस्ता धम्की दिने कार्यले ऋणीको वास्तविक नियत आफ्नो ब्यवसायको पुनरुत्थान गर्ने भन्दा पनि अन्य स्वार्थ पूर्ति गर्ने उद्धेश्यले प्रेरित रहेको देखिन्छ ।

मिति २०८० मंसिर १९ गते बैंकसँग भद्र सहमति भई नियामकको नियमभित्र रहि ऋणीलाई बैंकले सक्ने जति सहयोग गर्ने प्रतिवद्वता भई ऋणीले समेत सहमति जनाईसकेको अवस्थाका बाबजुत ऋणीले आफ्नो मनोमानी ढंगले बैंकलाई आफूले भनेजति कर्जा दिन दवाव दिने उद्धेश्यले ऋणीले परियोजना आफ्नो योजना अनुरुप संचालन गर्न नसके पश्चात ऋणी आफू स्वयमको गल्ति तथा कमजोरी ढाकछोप गर्न पुनः सामाजिक संजालहरुमा बैंक तथा बैंकका कर्मचारीका बिरुद्व बिभिन्न नकारात्मक अभिब्यक्ति दिने, कर्मचारी तथा निजका एकाघर परिवारका सदस्यहरुलाई गाली गलौज गर्ने, ज्यान मार्ने तथा बम पड्काईदिन्छु भनि धम्की दिने, बैंकको पैसा लुटेर बाँडिदिन्छु भन्ने र उल्टो बैंक तथा बैंकका कर्मचारी/पदाधिकारीको कार्यले आत्मदाह गर्नुपर्ने अवस्था आएको जस्ता निराधार कुरा तथा कार्यहरु कानुन सम्मत नरहेको समेत यसै विज्ञप्ति मार्फत सम्पूर्णमा स्पष्ट पार्न चाहन्छौ ।