४० अर्ब तत्काल भुक्तानी नगरे देशभरका निर्माण कार्य ठप्प पार्ने व्यवसायीको चेतावनी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले दायित्वबमोजिम भुक्तानी गर्न बाँकी ४० अर्ब रुपैयाँ तत्काल भुक्तानी नगरे देशभरका निर्माण कार्य ठप्प पार्ने चेतवानी दिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महांसंघले सो चेतवानी दिएको हो ।
‘महासंघको लचकतालाई राज्यका निकायहरुले अब पनि कमजोरीको रुपमा लिएमा तत्काल देशभरका निर्माण कार्यहरु ठप्प पारी निर्णायक आन्दोलनमा जान बाध्य हुनेछौँ, महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अनुसार गते सार्वजनिक खरिद अनुगमन कार्यालय र महासंघबीच साउन १५ गते ९ बुँदे सहमति भएको थियो । उक्त ९ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै महासंघले ध्यानाकर्षणसमेत गरेको छ । नयाँ निर्माण कार्यका लागि पर्याप्त बजेट विनियोजन नभएको तथा अर्थमन्त्रालयबाट थप बजेटको रकमान्तर गर्न नसकिनेजस्ता परिपत्रले निर्माण कार्यमा अन्योल भई व्यवसायीले आयोजना अघि बढाउन नसकेको महासंघका महासिचव रोशन दाहालले बताए ।
त्यसैगरी सहमितबमोजिम विभिन्न ठेक्काअरुको म्याद थप नहुँदा परियोजनाहरु अलपत्र अवस्थामा पुग्दा दोषीको भागिदार निर्माण व्यवसायीहरुलाई मात्र बनाइएको दुखत अवस्था रहेको महासंघले विज्ञप्तिमार्फत जानकारी दिएको छ । त्यस्तै २०७९ पुस २० को निर्देशनअनुसार क्रसर बन्द लगायतको कारण व्यवसायीहरुले चर्को मूल्यमा निर्माण सामग्री खरिद गर्नुपरेको हुँदा मूल्य समायोजन पाउनुपर्नेमा अहिलेसम्म पनि नपाउँदा व्यवसायीहरुलाई ठूलो आर्थिक भार परेको महासंघले जनाएको छ ।
लामो समयदेखि अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने, डिजाइन परिवर्तन भएका, साइट उपलब्ध हुन नसक्ने र काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा ठेक्का अन्त्य गर्नुपर्नेजस्ता मागको वेवस्ता सरकारले गरेको महासंघको भनाइ छ । यसबाहेक चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्नेलगायतका कारबाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको अत्यवधिक मूल्यवृद्दि घटाउनुपर्नेलगायतका महासंघसँग गरेका सहमतिबाट सरकार पछि हटेको महासंघको आरोप छ ।
ताजा अपडेट
-
hello world
-
Understanding Slot RTP Guidelines: A Comprehensive Overview to Return to Player Values
-
Learning about Various Crash Gaming Formats and Its Special Gameplay Mechanics
-
I migliori casino non AAMS per giocare su internet in sicurezza e libertà
-
Link Factory verification
-
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह


प्रतिक्रिया