मानवअधिकार सुनिश्चित गर्न सबै किसिमका विभेद अन्त्य गर्नुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका भेदभावका अन्त्य गरी मुलुकमा जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्नुपर्ने बताएका छन् ।
७५औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले मानवअधिकार नागरिकको संवैधानिक अधिकारका रूपमा रहेकाले यसको सुनिश्चितता गर्न जातीय, लैङ्गिक तथा वर्गीय विभेदको अन्त्य गरिनुपर्ने बताए ।
सार्वजनिक निकाय तथा विभिन्न कार्यस्थलमा कुनै पनि नागरिक मानवअधिकारबाट बञ्चित हुन नहुनेमा जोड दिँदै राज्यको मूलप्रवाहमा समाहित हुन नसकेका अल्पसङ्ख्यक, सीमान्तकृतलगायत समुदायको सामाजिक न्याय, हकहितका विषय मानवअधिकारका रूपमा संरक्षण गर्न सबै तहका सरकार संवेदनशील हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मुलुकमा विभिन्न समयमा भएको जनआन्दोलनबाट राजनीतिक क्रान्ति पूरा गरिएको जनाउँदै विज्ञप्तिमा सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकार रहेकाले त्यसलाई सुरक्षित गर्ने दायित्व राज्यको भएको जनाइएको छ ।
अध्यक्ष नेपालले मानवअधिकारको पूर्ण कार्यान्वयनबाट लोकतान्त्रिक शासन प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा नागरिकको मौलिक हक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । सोही दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय तहमा दिवस मनाउने गरिन्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया