नेपाल टेलिकमद्वारा एक महिनासम्म ५० एमबीपीएसको निःशुल्क डाटा

काठमाडाैं । नेपाल टेलिकमले आजदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधिअन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ ।
यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।
एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।
ताजा अपडेट
-
राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा
-
काठमाडौँका थप तीन स्थानमा निषेधाज्ञा जारी
-
बाढीले विद्युत् सेवा अवरुद्ध, सङ्खुवासभाका २५० परिवार अन्धकारमा
-
भोलिदेखि देशभर सार्वजनिक यातायात ठप्प पार्ने व्यवसायीको घोषणा
-
प्रधानमन्त्री ओलीद्वारा एकै पटक मधेस प्रदेशका ६४ सडक योजनाको शिलान्यास
प्रतिक्रिया