हिमपातले पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ
एजेन्सी । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।
सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो। हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।
जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ । मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिंदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन्।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया