हिमपातले पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

एजेन्सी । सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् ।
सोमबार एक्कासि जिनानमा हिउँपात र हावाहुरी शुरु भई बिहान ३ बजेदेखि १० बजेसम्म ७ मिलिमिटर हिमपात भएको थियो। हिमपातसँगै नियमित जनजीवन प्रभावित भएको छ ।
जिनानको शिक्षा विभागले सोमबार अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन जारी गर्दै विद्यालयको पठनपाठन अवरुद्ध हुन नहुने प्रतिबद्धता जनाएको छ । मङ्गलबार विद्यार्थीहरूलाई सुरक्षित पठनपाठनका लागि शिक्षकहरूलाई तालिम दिंदै विद्यालयको खेल मैदानमा हिउँ हटाउन समन्वय गरिरहेका छन्।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया