NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

विवाइडीद्वारा नेपालभर फास्ट चार्जिङको विस्तार, पहिलो चरणमा ११ डीसी चार्जरको जडान

काठमाडाैं ।   विवाइडी अटो इन्डस्ट्री कोअपरेटिभ लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशका मुख्य मुख्य स्थानहरुमा ११ डिसी फास्ट चार्जर जडान गरि विद्ध्युतीय साधनको क्षेत्रमा महत्वपूर्ण मार्गचित्र कोर्न सफल भएको छ।

नयाँ जडित डिसी फास्ट चार्जर देशका मुख्य शहर पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ । यी चार्जरहरुमध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर बाट सुसज्जित छ।

यसरी, Cimex द्वारा पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ।

चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन् ?  र तिनको सम्पर्क नम्वरका लागि Cimex  को अधिकारिक वेबसाइट fO6 http://cimex.com.np/charging–stations ा मा गएर हेर्न सकिनेछ ।

बिद्ध्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै, साइमेक्सले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ। साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८  डिसी फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने छन्।

BYD ATTO 3 लागि ८८ किलोवाट सम्मको डिसी फास्ट चार्जिङ्गको प्रयोग गर्न सकिन्छ भने BYD Dolphin मा ६० किलोवाट सम्मको चार्ज दिन सकिन्छ । यसले ३० देखि ४५ मिनेटमा BYD  विद्ध्युतिय साधनहरुलाइ ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ ।