NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

पूर्वी म्यानमारमा नौ किलो लागुऔषध बरामद

एजेन्सी । म्यानमारका अधिकारीहरूले पूर्वी राज्य शानमा ९.०९ केजी अवैध लागुऔषध बरामद गरेका छन् ।

सेन्ट्रल कमिटि फर ड्रग एब्युज कन्ट्रोलले सोमबार गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा शान राज्यको होपोङ टाउनसिपमा एउटा गाडी जाँच गर्दा ९.०९ केजी ह्याप्पी वाटर र १०० ग्राम केटामाइन बरामद गरेको बताएको छ ।

अनुसन्धानका अनुसार बरामद गरिएका लागुऔषध ताचिलेक टाउनसिपबाट थप अनुसन्धानका लागि तौङग्गी टाउनसिपमा पु-याइएको छ । संदिग्ध व्यक्तिलाई लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ।

हाल यहाँ हानिकारक मेथाम्फेटामाइनहरूको वितरणलाई प्रभावकारी रूपमा रोक्न प्रयासहरू गरिदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष