पूर्वी म्यानमारमा नौ किलो लागुऔषध बरामद
एजेन्सी । म्यानमारका अधिकारीहरूले पूर्वी राज्य शानमा ९.०९ केजी अवैध लागुऔषध बरामद गरेका छन् ।
सेन्ट्रल कमिटि फर ड्रग एब्युज कन्ट्रोलले सोमबार गोप्य सूचनाका आधारमा लागुऔषध विरुद्धको कारबाहीमा शान राज्यको होपोङ टाउनसिपमा एउटा गाडी जाँच गर्दा ९.०९ केजी ह्याप्पी वाटर र १०० ग्राम केटामाइन बरामद गरेको बताएको छ ।
अनुसन्धानका अनुसार बरामद गरिएका लागुऔषध ताचिलेक टाउनसिपबाट थप अनुसन्धानका लागि तौङग्गी टाउनसिपमा पु-याइएको छ । संदिग्ध व्यक्तिलाई लागुऔषध र साइकोट्रोपिक पदार्थ कानून अन्तर्गत मुद्दा चलाइएको छ।
हाल यहाँ हानिकारक मेथाम्फेटामाइनहरूको वितरणलाई प्रभावकारी रूपमा रोक्न प्रयासहरू गरिदै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया