बङ्लादेशमा रेल दुर्घटना : एकको मृत्यु आठ घाइते
बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए । उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो । विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।
विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।
बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।
विपक्षी दलहरूले असोज अन्तिमदेखि आह्वान गरेको यो ११ औं चरणको विरोधको कार्यक्रम (अवरोध) हो ।
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया