नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, यी कम्पनीले कमाए सर्वाधिक
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २ दशमलव ६० अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक २ दशमलव ६० प्रतिशतले बढेर एक हजार नौ सय ८८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।
विभिन्न दुई सय ९२ कम्पनीका ८१ हजार ४५१ पटक कारोबारमा एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार बराबरको कारोबार भएको छ ।
आज चार उपसमूहबाहेक सबै समूहका उपसूचकमा हरियो देखिएको छ । घटेका चार उपसमूहरूमा होटल तथा पर्यटन १.६२, जीवन बीमा १.१४, नीर्जीवन बीमा १.३१ र व्यापार ०.०८ प्रतिशतले घटेको छ ।
बढेका उपसमूहमा सबैभन्दा धेरै विकास बैंक १.१५ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.४०, वित्त ०.६४, जलविद्युत ०.४०, लगानी ०.२४, उत्पादन ०.८३, माइक्रोफाइनान्स ०.८२, म्युचल फण्ड ०.७८ र अन्य ०.३३ प्रतिशतले बढेको छ ।
आज बोटर्लस नेपाल र मोलुङ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको १४ करोड ६७ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट लिमिटेडको १२ करोड ६६ लाख ३८ हजार बराबरको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया