NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, यी कम्पनीले कमाए सर्वाधिक

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २ दशमलव ६० अङ्कको वृद्धि देखिएको छ । आज परिसूचक २ दशमलव ६० प्रतिशतले बढेर एक हजार नौ सय ८८ दशमलव ०४ को विन्दुमा कायम भएको हो ।

विभिन्न दुई सय ९२ कम्पनीका ८१ हजार ४५१ पटक कारोबारमा एक करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार बराबरको कारोबार भएको छ ।

आज चार उपसमूहबाहेक सबै समूहका उपसूचकमा हरियो देखिएको छ । घटेका चार उपसमूहरूमा होटल तथा पर्यटन १.६२, जीवन बीमा १.१४, नीर्जीवन बीमा १.३१ र व्यापार ०.०८ प्रतिशतले घटेको छ ।

बढेका उपसमूहमा सबैभन्दा धेरै विकास बैंक १.१५ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.४०, वित्त ०.६४, जलविद्युत ०.४०, लगानी ०.२४, उत्पादन ०.८३, माइक्रोफाइनान्स ०.८२, म्युचल फण्ड ०.७८ र अन्य ०.३३ प्रतिशतले बढेको छ ।

आज बोटर्लस नेपाल र मोलुङ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको १४ करोड ६७ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट लिमिटेडको  १२ करोड ६६ लाख ३८ हजार बराबरको कारोबार भएको छ ।