१४ किलो सुन काण्डमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । एक हप्ता अघि बरामद गरिएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।
भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका स्रोतले जनाएको छ । पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरिएको हो ।
२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
प्रतिक्रिया