१४ किलो सुन काण्डमा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ
काठमाडौं । एक हप्ता अघि बरामद गरिएको १४ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन्। अनुसन्धानका क्रममा प्रहरीले त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरलाई पक्राउ गरेको छ ।
भन्सार कार्यालयको टोलीले सरसफाइ सुपरभाइजर सुशीला पाण्डेलाई पक्राउ गरेको विमानस्थल भन्सार कार्यालयका स्रोतले जनाएको छ । पाण्डेलाई बुधबार राति भक्तपुरबाट पक्राउ गरिएको हो ।
२१ मंसिरको राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । उनले ज्याकेट बनाएर १४ किलो सुन ल्याएका थिए।
यो प्रकरणमा अनुसन्धानका लागि छानबिन समितिले त्रिभुवन विमानस्थलका ३ जना कर्मचारीलाई पक्राउ गरिसकेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया