चार महिनामा ४२ अर्ब ४८ करोडको थप धितोपत्र सूचीकृत
काठमाडाैं । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कार्तिकसम्ममा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ५४ करोड बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.८ अर्ब ५१ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब २० करोड बराबरको डिबेन्चर, रु.२ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.१५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड शेयर संख्याको चुक्ता मूल्य रु.७८१ अर्ब ३८ करोड रहेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया