३८ अंकले बढ्यो नेप्से, आधा दर्जन कम्पनीमा सर्किट
काठमाडौं । कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको छ ।
आज तीन सय पाँच कम्पनीको एक लाख १३ हजार ६९३ पटक कारोबारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ।
सोमबार आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा बोटर्लस नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वोरजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्ल्यु लघुवित्तलगायत छन् ।
सोमबार हिमालयन पावर पार्टनरले सर्वाधिक गुमाएका छन् ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २६ करोड २६ लाख ७४ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया