NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

३८ अंकले बढ्यो नेप्से, आधा दर्जन कम्पनीमा सर्किट

काठमाडौं । कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ विन्दुमा पुगेको छ ।

आज तीन सय पाँच कम्पनीको एक लाख १३ हजार ६९३ पटक कारोबारमा २ करोड १४ लाख ९७ हजार ६१९ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रूपैयाँको कारोबार भएको छ।

सोमबार आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीहरूमा बोटर्लस नेपाल, सूर्यज्योति लाइफ इन्स्योरेन्स, स्वोरजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्ल्यु लघुवित्तलगायत छन् ।

सोमबार हिमालयन पावर पार्टनरले सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको २६ करोड २६ लाख ७४ हजार रूपैयाँको कारोबार भयो ।