टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा पोखरामा सुरु
पोखरा । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबारबाट पोखरा न्यूरोडस्थित सिटी स्क्वायर ब्याङ्केटमा टिभिएस आईक्युब एक्सचेन्ज एक्ट्राभगान्जा सञ्चालनमा ल्याएको छ।
यस एक्सचेन्ज एक्ट्राभगान्जामा ग्राहकहरुले कुनै पनि बाइक अथवा स्कुटरसँग आईक्युब एक्सचेन्ज गर्दा २५ हजार सम्मको थप भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । साथै ० प्रतिशत ब्याजमा टिभिएस आईक्युब खरिद पनि गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरि जम्मा एक लाख सात हजारकोे डाउनपेमेन्टमा नै टिभिएस आईक्युब खरिद गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ । साथै यस एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले फ्रि एक्सेसोरिज र फ्रि राइडको मजा पनि लिन सक्नेछन् ।
टिभिएसले नेपालमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर आईक्युब नाडा अटो शोमा लन्च गरेको थियो । यो एक्सचेन्ज एक्ट्राभगान्जा पुस २ गतेदेखि पुस ६ गतेसम्म टिभिएसको पोखराको लागि आधिकारिक डिलर बतास ब्रदर्श प्रालिले सञ्चालन गर्दैछ ।
ताजा अपडेट
-
तातोपानी नाका तीन दिनका लागि खुला
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण


प्रतिक्रिया