सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिको निर्णय आज
काठमाडौं । आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे निर्णय सुनाउनेछ ।
सिफारिस भएका ६ जनामाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।
सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई न्याय परिषद्ले सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया