NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २४ गते

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशबारे सुनुवाइ समितिको निर्णय आज

काठमाडौं । आज बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका ६ जनाबारे निर्णय सुनाउनेछ ।

सिफारिस भएका ६ जनामाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ सोमबार सकिएको थियो । सुनुवाइ सकिएकाले आज नाम अनुमोदनका लागि निर्णय हुन लागेको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई न्याय परिषद्ले सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरी सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।