बाल सङ्गठनलाई कामपाको ३० लाख सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल बाल सङ्गठनलाई रु ३० लाख प्रदान गरेको छ । बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि रु ३० लाख रकम प्रदान गरिएको हो ।
सङ्घ सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमा उपलब्ध हुन नसकेपछि दैनिक खाना र स्वास्थ्योपचारमा समस्या भएको गुनासो सुनेपछि कामपाले उक्त रकम उपलब्ध गराएको उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।
चालु आर्थिक वर्षमा सङ्गठनको २० प्रतिशत लागत सहभागिता हुनेगरी महानगरपालिकाले रु ५० लाख उपलब्ध गराउनेछ । उपप्रमुख डङ्गोलले यसमध्येको ३० लाख, सङ्गठनको अध्यक्ष विद्या न्यौपानेलाई प्रदान गरेकी हुन् ।
यस क्रममा उपप्रमुख डङ्गोलले भनिन्, “लोककल्याणकारी राज्यमा बालबालिका भोकै बस्नुपर्ने अवस्था हुनुहुँदैन । बाल सङ्गठन व्यवस्थापनको मुख्य दायित्व सङ्घ सरकारका जिम्मेवार मन्त्रालयको हो । यसो भनेर हामी हाम्रो कर्तव्य छोड्दैनौँ । यसका लागि सहयोग रकम उपलब्ध गराएका हौँ ।”
सङ्गठनकी अध्यक्ष न्यौपानेले, सङ्गठनसँग अचल सम्पत्ति भए पनि चल सम्पत्तिको अभाव रहेको उल्लेख गरिन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया