NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

धनुषामा प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्युपछि स्थानीय आक्रोशित, अवस्था तनावग्रस्त

धनुषा । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्र रहेका एक थुनुवाको गए राति मृत्यु भएको हो।

हिरासतमा रहेका स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

मण्डलको मृत्यु भएपछि परिवार तथा आफन्त आक्रोशित छन्। उनीहरूले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीको कुटपिटबाट मृत्यु भएको आफन्तको आरोप छ ।

प्रहरीका अनुसार स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको छ । त्यस क्रममा गोली लागेर स्थानीय शंकर मण्डल घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।