NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सभापति लामिछानेको गुनासो : ‘ममाथि भएको आक्रमणबारे गृह प्रशासनलाई चासै छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आक्रमण हुँदा पनि गृह प्रशासनले कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।

चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँगको कुराकानीका क्रममा सभापति लामिछानेले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए । उनले भने, ‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त ? छैन, किनकि सब चिज योजनाबद्ध छ । ‘

आफूविरुद्ध भएको आक्रमणको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको उनले आरोप लगाए ।

सुन तस्करी प्रकरणको मुद्दा कमजोर बनाएर आफ्नालाई बचाएको गृह प्रशासन आफूलाई फसाउने षडयन्त्रतर्फ लागेको सभापतिले लामिछाने आशंका व्यक्त गरे ।