सभापति लामिछानेको गुनासो : ‘ममाथि भएको आक्रमणबारे गृह प्रशासनलाई चासै छैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि आक्रमण हुँदा पनि गृह प्रशासनले कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।
चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँगको कुराकानीका क्रममा सभापति लामिछानेले योजनाबद्ध ढंगले आफूमाथि प्रहार भइरहेको आरोप लगाए । उनले भने, ‘चौथो ठूलो दलको नेतामाथि प्रहार हुँदाखेरि देशको प्रशासनले, गृहमन्त्रीले, गृह प्रशासनले एकपटक एउटा कन्सर्न राख्नुपर्ने होला नि त ? छैन, किनकि सब चिज योजनाबद्ध छ । ‘
आफूविरुद्ध भएको आक्रमणको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुन तस्करीको प्रमाण दिँदा पनि तस्करकै संरक्षण गरेको उनले आरोप लगाए ।
सुन तस्करी प्रकरणको मुद्दा कमजोर बनाएर आफ्नालाई बचाएको गृह प्रशासन आफूलाई फसाउने षडयन्त्रतर्फ लागेको सभापतिले लामिछाने आशंका व्यक्त गरे ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया