चालु आर्थिक वर्षमा पाकिस्तानको भुक्तानी सन्तुलनमा उल्लेख्य सुधार
पाकिस्तान । पाकिस्तानले चालु आर्थिक वर्ष (जुलाई २०२३ देखि जुन २०२४ सम्म) को डिसेम्बर २० सम्म भुक्तानी सन्तुलनमा वार्षिकरूपमा पाँच अर्ब ६० करोड अमेरिकी डलरले सुधार गरेको वाणिज्य मन्त्रालयले बताएको छ ।
कार्यवाहक वाणिज्यमन्त्री गौहर इजाजलाई उद्धृत गर्दै मन्त्रालयको विज्ञप्तिमा सकारात्मक व्यापार आँकडा र माथि जाने प्रवृत्तिले पाकिस्तानको लचिलोपनलाई प्रतिबिम्बित गरेको उल्लेख छ ।
‘हामी आफ्ना निर्यातलाई सक्षम बनाउने र निर्यातका लागि नयाँ गन्तव्य खोज्ने दिशामा काम जारी राख्नेछौँ,’ मन्त्री इजाजले भने ।
यसै आर्थिक वर्षको डिसेम्बर २० सम्ममा पाकिस्तानको निर्यात बढेर १४ अर्ब डलर पुगेको विज्ञप्तिमा उल्लेख छ । यसले वार्षिकरूपमा ७० करोड ९० लाख डलर (पाँच दशमलव तीन प्रतिशत) ले सुधार भएको देखाएको छ ।
विज्ञप्तिमा यसै अवधिमा आयातको आँकडा गत आर्थिक वर्षको सोही अवधिको २९ अर्ब २० करोड डलरबाट घटेर २४ अर्ब ३० करोड डलर भएको जनाइएको छ । यसले आयातमा वार्षिकरूपमा चार अर्ब ९० करोड डलरले घटेको देखाएको छ ।
मन्त्रालयका अनुसार इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, मडागास्कर र चीनसहित प्रमुख स्थानमा पाकिस्तानको निर्यातमा महत्त्वपूर्ण वृद्धि भएको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया