NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

हिमालयन डिष्टिलरीको सिल्भर ओक बजारमा, ओक सिरिजमा अर्को एक नया ब्राण्ड

काठमाडाैं । नेपाली मदिरा उद्योगमध्येको एक अग्रणी कम्पनी हिमालयन डिष्टिलरी लिमिटेडले ओक सिरिजलाई विस्तारित रुपमा बजारमा परिचित गराउने क्रममा मार्केटमा सिल्भर ओक नामक ह्वाइट स्पिरिटमा नयां व्राण्डको मदिरा लन्च गरेको छ । यस नयाँ उत्पादनले नवीनता र ग्राहक सन्तुष्टिप्रतिको कम्पनीको तिबद्धता झल्काउनेछ ।

हिमालयन डिस्टिलरीले गोल्डेन ओक, ब्ल्याक ओक र ब्लु ओक जस्ता चर्चित ब्रान्डहरु यस अघि नै नेपाली बजारमा ल्याएको छ । प्रत्येक ओक ब्रान्डले उपभोक्ताको फरक स्वादप्रतिको रुचीको प्रतिनिधित्व गर्दछन्, जुन उपभोक्ताहरू माझ लोकप्रिय रहेका छन् । यस नयाँ उत्पादन सिल्भर ओकले उपभोक्ता माझ फरक स्वाद र अनुभव प्रदान गर्ने विश्वास लिएको छ ।

हिमालयन डिस्टिलरीका सीईओ निरज सुवेदीले नयाँ उत्पादनको बारेमा उत्साह व्यक्त गर्दै भने, ‘एचडीएले उपभोक्ता केन्द्रित इनोवेशनमा मजबुतीका साथ कार्य गर्ने गरेको जसका कारण हामीले बजारको गतिशीलता बुझ्न र नयाँ अन्तर्दृष्टि प्राप्त गर्ने तर्फ निरन्तर अनुसन्धानमा संलग्न छौं । सिल्भर ओकले उपभोक्तालाई अलगै वर्गको छुट्टै स्वाद प्रदान गर्नुको साथै बजारमा हाम्रो उपस्थितिलाई उल्लेखीय रुपमा बद्धोतरी हुने तर्फ हामी आस्वस्त रहेका छौ ।’

‘हामी उपभोक्ताहरूलाई नयाँ अनुभव दिन चाहन्छौं, त्यसैले हामीले ओक परिवारमा ध्यान केन्द्रित गरेका छौं र ब्राण्ड विस्तार गरेका छौं । उच्चस्तरको शुद्धता प्राप्तीका लागि टुवेल–कोलम डिस्टिलेसनबाट उत्पादित ग्रेन ई.एन.ए ब्लेन्डबाट सिल्भर ओक उत्पादन गरीएको छ । सिल्भर ओकलाई स्मुथ फिनिशिङ्गका लागि क्राफ्ट गरिएको छ, उपभोक्ताले सेवन गर्दा यसलाई महसुस गर्न सक्नेछन् ।’ ब्राण्ड म्यानेजरले बताए ।

हाल सिल्भर ओक ७५० एमएल, ३७५ एमएल र १८० एमएलका बोतलहरूमा बजारमा उपलब्ध छ ।